
२८ फागुन, काठमाडौं । विनाशकारी भूकम्पमा परी राजधानी काठमाडौं उपत्यकाका सम्पदा भत्किएको ७ वर्ष पूरा हुन लागिसक्यो । भूकम्पमा भत्किएका संरचना पुनर्निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि पुनर्निर्माणका धेरैजसो काम सकियो भनेर खारेज भइसक्यो ।
तर राजधानीको सम्पदा पुनर्निर्माण अझै सकिएको छैन । ललितपुरको थेँचो, बुङ्मती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवार परिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटी पौवा पुनर्निर्माणको काम भइरहेको छ ।
सम्पदा पुनर्निर्माणमा ऐतिहासिक एवं पूरातात्विक स्वरुप र महत्व घट्न नदिनु चुनौतीपूर्ण छ । पुराना पुस्ता बितेसँगै सम्पदा पुनर्निर्माणमा सघाउने कालिगढको समेत अभाव हुन थालेको निर्माणमा संलग्नहरु बताउँछन् ।
परम्परागत प्रविधि र सीपको हस्तान्तरण र पुस्तान्तरण नहँुदा र मठ मन्दिरमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरण संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा समस्या परेको छ ।
हेर्नुहोस् काठमाडौं उपत्यकामा भइरहेको सम्पदा निर्माणको तस्वीर ।
तस्वीर सौजन्य : न्यूज एजेन्सी नेपाल












प्रतिक्रिया 4