+
+

सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते ११:२५

२७ फागुन, काठमाडौं । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । शुक्रबार तोलामा एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक लाख २ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलामा एक लाख २ हजार ३ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ पुगेको छ ।

शुक्रबार तेजावी सुनको कारोबार मूल्य एक लाख २ हजार एक सय र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?