+
+

अहिलेका मन्त्रीहरु ब्ल्याकमेलर जस्ता छन् : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते २०:३५

२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेका मन्त्री निजी क्षेत्रलाई हैरान बनाउने ब्ल्याकमेलर बनेको आरोप लगाएका छन् ।

पार्टी निकट उद्योगी व्यवसायी संगठनको कार्यक्रममा उनले मन्त्रीहरुले व्यवसायीसँग पैसा माग्ने र नदिए छापा मार्ने र ताला लगाउने जस्ता काम गरेको आरोप लगाएका हुन् ।

‘अहिलेको सरकारका मन्त्रीहरु ब्ल्याकमेलरको रुपमा, कसैसँग पैसा माग्यो दिएन भने तिमीलाई यस्तो गर्दिन्छु, उस्तो गर्दिन्छु भनेर थर्काएर उसकोमा ताला लगाएर उसकोमा छापा मारेर, के गरेर हैरान पार्न सकिन्छ, अरु उद्यमी व्यवसायीलाई तर्साएर जे भन्यो त्यो गराउन सकिन्छ यस प्रकारका प्रवृत्तिहरु …’ ओलीले भने ।

विगतमा राज्यभन्दा बाहिर बसेर लिइने आपराधिक लाभ अहिले राज्यको बागडोर सम्हाल्नेहरुले नै लिइरहेको ओलीले बताए ।

‘हिजो बेग्लै ढंगले राज्य भन्दा बाहिर बसेर गर्ने गरिन्थ्यो । अहिले त राज्यको बगडोर लिएर हिजोको एक्सटर्सन, आज फरक ढंगको एक्सटर्सनमा परिणत गर्न खोजिएको छ’ उनले भने ।

ओलीले यस्तो प्रवृत्ति अर्थतन्त्रका लागि गम्भीर, नकारात्मक र खतरनाक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?