
३० फागुन, काठमाडौं । सिन्धुलीमा जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।
दुर्घटनामा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।
बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना३ख ७४९० नम्बरको टिपर दुधौली नगरपालिका-५ ठाकुरखोला ३ नम्बर पुलस्थित सडकमा आइतबार राति दुर्घटना भएको थियो ।
दुर्घटनामा अन्य ४ जना गम्भीर छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइतेहरुको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बेहुला-बेहुली भने अर्कै गाडीमा थिए ।
टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4