+
+

चीनद्वारा रुसले सैन्य एवं आर्थिक सहयोग मागेको दाबी खण्डन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते ११:१०

३० फागुन, काठमाडौं । रुसले सैन्य एवं आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबीलाई चीनले खण्डन गरेको छ ।

अमेरिका दुई जना अधिकारीले विभिन्न पत्रिकामा आएका विवरण अनुसार युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेलगत्तै रुसले चीनसँग ड्रोनसहित सैन्य एवं आर्थिक सहयोग मागेको दाबी गरेका थिए । तर उक्त दाबीलाई अमेरिकास्थित चिनियाँ दूताबासले खण्डन गरेको छ ।

चिनियाँ दूताबासका प्रवक्ता लिउ पेङयूले सैन्य एवं आर्थिक सहयोग मागेको कुरा आफूले ‘कहिल्यै नसुनेको’ भन्दै अमेरिकी अधिकारीको दाबी खण्डन गरेका हुन् । युक्रेनको पछिल्लो अवस्थालाई लिएर चीन चिन्तित बनेको र आफूहरूले युक्रेनलाई निरन्तर मानवीय सहायता प्रदान गर्ने पनि उनले प्रस्ट पारे ।

पेङयूले अवस्थालाई नियन्त्रण बाहिर जान दिनबाट रोक्नु पर्ने पनि बताए । ‘अहिलेको प्राथमिकता भनेको तनावपूर्ण अवस्थालाई चर्किन वा नियन्त्रण बाहिर जानबाट रोक्नु हो’, सीएनएनसँग कुरा गर्दै उनले भने, ‘चीनले अधिकतम संयमता अपनाउन र भयङ्कर मानवीय संकट रोक्न समेत अपिल गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?