+
+

‘नेपाली फिल्ममा महिला सहभागिता कमजोर’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १५:५६

३० फागुन, काठमाडौं । नेपाली फिल्म र सञ्चार क्षेत्रमा महिलाको हस्तक्षेपकारी उपस्थिति नभएको सरोकारवालाहरुले बताएका छन् ।

किपालय प्रोडक्सनले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा काठमाडौंमा गरेको ‘नेपाली फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमअन्तर्गत नेपाली फिल्ममा महिलाको वर्तमान अवस्था, अवसर तथा चुनौतीका विषयमा राउन्ड टेबल छलफल चलाइएको थियो । अभिनेत्री उषा रजकले सहजीकरण गरेको छलफलमा फिल्ममार्फत नारी सशक्तीकरणमा काम गरिरहेका संस्थाका प्रतिनिधिले यो क्षेत्रमा सोचेजस्तो महिला सहभागिता नभएको धारणा राखे ।

उनीहरुले संस्थागत रुपमा अडियो भिडियो निर्माण क्षेत्रमा महिला सहभागिता बढाउन विभिन्न कार्यक्रम गरिरहेको जानकारी पनि गराएका थिए । अधिकांशले लैंगिक विभेदलाई प्रश्रय दिने सामाजिक सोचमा परिवर्तन नल्याएसम्म महिलाको प्रतिनिधित्व सोचेजस्तो गराउन नसकिने बताएका थिए ।

कार्यक्रममा सात महिला फिल्मकर्मीले बनाएका छोटा फिल्म देखाएर त्यसमाथि पनि छलफल गराइएको थियो ।

ब्रिटिश काउन्सिलले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ८ मार्चदेखि विभिन्न कार्यक्रम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?