+
+

साउदी अरबका विदेशमन्त्री नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते २२:४३
साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

३० फागुन, काठमाडौं । दुईदिने औपचारिक भ्रमणका लागि साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आएका छन् । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार साँझ काठमाडौं आएका हुन् ।

निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी लगायतले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग चैत १ गते भेट गर्ने छन् । भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् ।

साेही दिन मन्त्री खड्काले आयोजना गरेको दिवा भोजमा उनी सरिक हुनेछन् र काठमाडौंबाट फिर्ता हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?