+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

एमाले निकट निजामती कर्मचारी संगठनको अध्यक्षमा कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते ७:१०

१ चैत, काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला चयन भएका छन् ।

११औं राष्ट्रिय अधिवेशनले कोइरालाको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको हो । कोइराला यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवमा जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदीलाई चयन गरेको छ ।

यसैगरी सचिवहरुमा देवेन्द्र ढकाल, बामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी तथा.कोषाध्यक्षमा गणेशप्रसाद आचार्य चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?