+
+

काठमाडौं महानगरपालिका-३०मा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते ११:५१

१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ ।

मंगवार काठमाडौं महानगरपालिका वडा नं.३०ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका हुन् ।

ज्ञानेश्वरमा प्रवर्द्धन केन्द्र उद्घाटन गर्दै पूर्व स्वास्थ्य मन्त्री थापाले आफु स्वास्थ्य मन्त्री रहेका बेलामा काठमाडौं महानगरपालिका र बुढानीलकण्ड नगरपालिकामा नागरिकलाई सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने काम अघि बढेको बताए ।

आफु सरकारसँग बाहिरिएसँगै सो काम अलपत्र परेको उल्लेख गर्दै उहाँले हाल आफ्नै सक्रियता र स्थानीय जनप्रतिनिधिहरु समेतको सक्रियतामा केन्द्र सञ्चालन गर्न सफल भएको बताए ।

यस केन्द्रले वडाबासीहरुको स्वास्थ्य सँग सम्बन्धित सबै विषयहरुको विवरण राख्ने, स्वास्थ्य परिक्षण गर्ने, विभिन्न रोगहरु लाग्नै नदिन जनचेतना फैलाउने र सहुलियतमा औषधिहरुको व्यवस्था गर्ने उनले जानकारी दिए । यस्ता केन्द्र प्रत्येक वडामा हुनुपर्ने उनले जोड दिए ।

उनले आगामी दिनमा फिजियोथेरापी सेवा पनि सुरु गर्ने उल्लेख गरे । केन्द्रले जनस्वास्थ्य प्रमुखको निगरानीमा स्वास्थ्यकर्मीहरुले वडाभित्रको सम्पूर्ण घरमा गएर स्वास्थ्य सम्बन्धी अनुगमन गर्ने बताएको छ । वडामा कुन रोगको समस्या छ सो समस्या समाधानका लागि सेवा सुविधा दिइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?