+
+

स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १६:४३

१ चैत, काठमाडौं । लेखिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गायिकासमेत रहेकी घिमिरेले लेखेको उक्त उपन्यास सार्वजनिक गरिएको हो ।

पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रका १३ जना व्यक्तित्वलाई सम्मान समेत गरियो । सम्मानित हुनेहरुमा स्वर्गीय तारानाथ शर्मा, विष्णु प्रभात, दीपक जंगम, कमल कोइराला, नवराज सुवेदी, कुन्ती मोक्तान, बलराम अर्याल, मनिषा कोइराला, उन्नति बोहोरा शिला, रमना श्रेष्ठ, बेन्जुसरोज श्रेष्ठ, डा. प्रकाश सायमी र डा. सुदीप श्रेष्ठ छन् ।

कार्यक्रमका वक्ताहरुले पुस्तकबारे बोल्दै लेखिका स्वयं म पात्र भएर प्रस्तुत भएको र उपन्यास राम्रो रहेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा बोल्दै अभिनेत्री मनिषा कोइरालाले लेखिका घिमिरेप्रति आफूले गर्व महसुस गरेको बताइन् ।

क्यान्सरबाट समेत पीडित भएकी घिमिरे ट्रस्ट खोलेर पीडितहरुको उपचार समेत गराइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?