+
+

एनआरएनए अध्यक्षमा केसी र थापाको उम्मेदवारी, आचार्य समूहको बहिस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १९:५०

१ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षका आकांक्षी कुल आचार्य पक्षधरले बहिस्कार गरेको निर्वाचनका लागि अध्यक्षमा डा‍. बद्री केसी र रविना थापाले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षका आठ उम्मेदवारमध्ये दुई जना निर्विरोध चयन भएका छन् । महिला उपाध्यक्ष यासमिन बेगम र युवा उपाध्यक्ष रोशन थापा निर्विरोध चयन भएका छन् ।

उपाध्यक्षमा डिबी क्षेत्री, धर्मराज अधिकारी, डा. हेमराज शर्मा, राजेन्द्रकुमार शर्मा, टंकप्रसाद गैरे र जयप्रकाश गुरुङले उम्मेदवारी दिएका छन् ।

महासचिवले गौरीराज जोशी र विनय अधिकारी भिड्ने भएका छन् । सचिवमा महिलातर्फबाट सचिव राधिका गुरुङ निर्विरोध चयन भएकी छन् । रामशरण सिम्खडा, अजिव गुरुङ, चिरञ्जीवी घिमिरे, शंकर खड्का, अभिमान सिंह बस्नेतले सचिवमा उम्मेदवारी दिएका छन् ।

लोकप्रसाद दाहाल र फणिन्द्र पन्तले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

सहकोषाध्यक्षमा यज्ञराज सुवेदी र यमुना भट्टराई निर्विरोध चयन भएका छन् । महिला संयोजक संगीता मरहठ्ठा र युवा संयोजक रवीन्द्र खड्का पनि निर्विरोध चयन भएका छन् ।

हेर्नुहोस् उम्मेदवारको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?