+
+

नेपालमा फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १२:३९

काठमाडौं । पछिल्लो समय ग्राहकले अत्यधिक रुचाएको फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ ।  टुनल्याण्ड ई प्लस गाडी केही समय भित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले जानकारी दिएको हो ।

कुन स्पेसिफिकेसनको भन्ने विषयमा कम्पनीले अहिले धेरै कुरा खुलाएको छैन । तर  कम्पनीका सेल्स हेड नवीन आचार्यले पावर, लुक्स र पफर्मेंसमा जब्बर गाडी अउने बताउँछन् । जसरी फोटोन  टुनल्याण्डले चिनियाँ गाडी प्रति मानिसहरुले हेर्ने नजर परिवर्तन गरेको छ, यस विश्वासलाई फोटोन कायम राख्ने उनको भनाइ छ ।  कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको उनले बताए ।

उक्त इन्जिनले १४८  हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३२० एनएम रहेको छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्क्रिस्ठ रहने कम्पनीले जनाएको छ ।

पावर,लुक्स र पफर्मेंसका कारण लोकप्रिय बन्दै गहिरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले वृद्धि गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?