+
+

बाँकेमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागू : किसानहरु पुन: कृषि पेशामा फर्किए

कृषि पेशाबाट पलायन भएका किसानहरु स्मार्ट कृषि गाँउ कार्यक्रम लागू भएपछि पुनः कृषि पेशामा फर्केका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १३:१४

२ चैत, बाँके। कृषि पेशाबाट पलायन भएका किसानहरु स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि पुनः कृषि पेशामा फर्केका छन् ।

बाँकेको राप्ती सोनारी गाँउपालिका-७, फत्तेपुरका किसानहरु पुरानो प्रविधिबाट खेतीगर्दा उत्पादनमा कमी भएपछि मजदुरी पेशामा लागेका थिए । तर कृषि ज्ञान केन्द्र बाँकेमार्फत् उक्त वडामा स्र्माट कृषि गाउँ कार्यक्रम लागू भएपछि किसान पुनः कृषि पेशामा फर्केका हुन् ।

सो गाउँपालिका कृषि पेशामा होमिएको गाँउपालिका हो । तर पुरानै विधि र प्रविधिअपनाएर कृषिगर्दा उत्पादनमा कमी आएको थियो । लगानी र मिहिनेट बढी लाग्ने तर उत्पादन कम भएको कारणले किसानहरु कृषि पेशाबाट पलायनभई दैनिक ज्यालादारी मजदुरी काममा लागेका थिए ।

नेपाल सरकारले २०७५ सालदेखि बाँके जिल्लामा कृषि ज्ञान केन्द्रमार्फत् स्मार्ट कृषि गाँउ कार्यक्रम सञ्चालन गरेपछि किसानहरु उत्पादन देखेर पुनः कृषि पेशामा फर्केका छन् ।

कृषि उत्पादनका लागि कृषि ज्ञान केन्द्रले हरेक सिजनमा र हरेक बर्षमा किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिने र प्याकेट क्षेत्रका लागि मलबीउहरु पूर्ण रुपले ज्ञान केन्द्रले दिएपछि थप हौसला आएको राप्ती सोनारी गाँउपालिका-७, फत्तेपुरका किसान चक्रबहादुर थारुले बताए ।

बर्षामा धान, हिउँदेमा आलु मात्रै उत्पादन गरिरहेका किसानहरु २०७५ सालदेखि सबै महिना खेती गरिरहेका छन्। स्मार्ट कृषि गाउ कार्यक्रम लागु भएपछि अहिले १ सय ७ घर धुरीले सिजनअनुसार खेती गरिरहेका छन् ।

बर्षातमा धान, हिउँदेमा आलु र तोरी र बसन्तमा मकै खेतीगरि रहेका छन् । तर नेपाल सरकारबाट स्वीकृत भएका मकै भारतीय मकै जस्तो उत्पादन नभएपछि उनीहरु भारतीय मकैको बिउमानिर्भर परेको फत्तेपुर स्मार्ट कृषि गाउँका किसान तथा सचिब खोज लालथारुले बताए ।

तराईको भेग र बाँकेको माटो उर्वर भएको कारणले मकै उत्पादननिकै राम्रो भैरहेको छ । स्मार्ट कृषि गाँउ कार्यक्रम लागू भएदेखि नै फत्तेपुरका किसानहरु पूर्ण रुपमा कृषिमा आबद्ध भएको कृषि ज्ञान केन्द्रका अधिकृत दिनेश भट्टराईले बताए ।

यस क्षेत्रमा उत्पादन हुने चाँद, ताला ११ जिरो सात, जेपी पाँच सय दुई जातका मकै अहिले बसन्त सिजनमा ९ बिगाहा जमिनमा मकै खेती गरेको अधिकृत भट्टराईले बताए ।

राप्ती सोनारी गाँउपालिकाले स्मार्ट कृषि गाउँका किसानहरुलाई आर्थिक सहयोग नगरे पनि प्राविधिक रुपमा किसानहरुले खबर गर्न साथ सहयोग गर्दै आएको गाँउपालिकाकी कृषि प्राविधिक सुमित्रकुमारी थारुले बताए ।

नेपाल सरकारले मान्यता दिएको मकै धेरै समय लाग्ने, घोघा लामो भएपनि कम दाना लाग्ने, धेरै अग्लो हुने र उत्पादनमा कमीआएको कारणले किसानहरुले भारतीय मकैको बिउ लगाउने गरेको उनले बताए ।

यसरी स्मार्ट कृषि गाउँ स्थापना भएर किसानहरुले लागेको देख्दा हरेका गाउँपालिकाको वडा स्तरमै स्मार्ट कृषि गाउँ सञ्चालन गर्न जरुरी देखिन्छ । वडा स्तरमै स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि विदेश पलायन हुन लागेका युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर दिई आत्मनिर्भर बनाउन र कृषि उत्पादनमा वृद्धि हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?