+
+
Shares

महाअभियोग प्रस्तावमाथि बजेट अधिवेशनमा छलफल हुन्छ : प्रवक्ता पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १४:४०

२ चैत, काठमाडौं । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि बजेट अधिवेशनमा छलफल हुने बताएका छन् ।

बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले यो अधिवेशन अन्त्य भएकाले अब बजेट अधिवेशनमा छलफल हुने बताए ।

महाअभियोग प्रस्ताव पनि विभिन्न प्रस्तावमध्ये एउटा प्रस्ताव हो र यो पनि विचाराधीन अवस्थामा पुगिसकेको हुनाले यसको छलफल पनि निरन्तर अघि बढ्छ भनेर अपेक्षा गर्न सकिन्छ’ उनले भने ‘…सम्माननीय सभामुखज्यूले आगामी बैठकमा यो छलफल गर्ने भनेर अघि लगिसकेको कुरा हो ।’

प्रवक्ता पाण्डेका अनुसार संघीय संसदको बजेट अधिवेशनमा पनि महाअभियोग प्रस्ताव पनि बजेट अधिवेशनमा छलफल हुनसक्नेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?