+
+

अर्थमन्त्रालयले दियो रासायनिक मल खरिद गर्न पौने १३ अर्बको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १९:१७

२ चैत, काठमाडौं । आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न अर्थमन्त्रालयले पौने १३ अर्ब रुपैयाँ बढीको स्रोत सुनिश्चित गरेको छ । करिब एक लाख ४२ हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न कृषि मन्त्रालयले गरेको प्रस्तावमा स्वीकृति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

मल आयातको अग्रिम सुनिश्चितताका लागि आगामी वर्षको बजेटबाट सम्बोधन हुनेगरी १२ अर्ब ७६ करोड रुपैयाँको स्रोत सुनिश्चितताको पत्र आएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।

‘बजेटपछि मल आयातको प्रक्रिया थाल्दा ढिलाइ हुने भएपछि अहिल्यै टेन्डर गर्नेगरी उक्त रकम सुनिश्चित भएको छ, कृषि सामग्री र साल्टट्रेडिङले टेन्डरको सूचना पनि निकाली सकेका छन्’ प्रवक्ता सञ्जेलले भने ।

कृषि सामग्रीलाई ७० र साल्टलाई ३० प्रतिशत खरिद अनुमति दिने सम्झौता अनुसार ७५ हजार मेट्रिकटन मल आयातको ठेक्का सूचना निकालिएको उनले बताए ।

थप ६७ हजार मेट्रिकटन मल आयातका लागि फेरि सूचना जारी गरिने मन्त्रालयको भनाइ छ ।
केही समयअघि मन्त्रालयकै प्रस्तावमा अर्थले मल खरिदको स्रोत सुनिश्चितताकै लागि ११ अर्ब ७५ करोड रुपैयाँ दिने सहमति दिएको थियो । उक्त रकम भने भारतसँग भएको जीटूजी सम्झौता अनुसारको मल खरिदका लागि खर्च गरिने मन्त्रालयको भनाइ छ ।

जीटूजीको एक लाख ५० हजार र ग्लोबल टेन्डरबाट खरिद हुने एक लाख ४२ हजार गरी अर्को वर्ष कुल २ लाख ९२ हजार मेट्रिकटन मल आयात सुनिश्चित गर्न खोजिएको मन्त्रालयले जनाएको छ । दुवै स्रोतबाट प्राप्तहुने मल धानको सिजनकै लागि हुनेगरी ल्याउन छलफल भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?