+
+

कबड्डी टोली भोलि बंगलादेश जाने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १९:३१

२ चैत, काठमाडौं । बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका जाने भएको छ ।

खेलाडीहरुमा कल्याण भुजेल, प्रवीण खड्का, नागेश्वर थारु, रन्जित गज्मेर, रामु टमाटा, अजय मानन्धर, प्रदीप मिजार, कुमार लामा, बन्धु राणा र लालमोहन यादव रहेका छन् । प्रशिक्षकमा पार्वती राई, अफिसियलमा प्रकाशप्रसाद शाह र अर्विन्दकुमार झा, व्यवस्थापक रामकेवल मुखियाँ तथा जजमा विनोद प्रजापति छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता मार्च १६ देखि २५ तारिखसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?