+

युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो

२०७८ चैत  ३ गते ९:०७ २०७८ चैत ३ गते ९:०७
युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो

३ चैत, काठमाडौं । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पानिस क्लब भियारियालसँग ३-० ले पराजित भएपछि युभेन्ट्सको यात्रा अघि बढेन ।

भियारियाल भने समग्रमा ४-१ को जितसहित क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो लेगमा भियारियाललाई जिताउन जेरार्ड मोरेनो, पाउ टोरेस र डान्जुमाले गोल गरे ।

यस्तै अर्को खेलमा फ्रेन्च क्लब लिललाई दोस्रो लेगमा २-१ ले पराजित गर्दै समग्रमा ४-१ को नतिजामा चेल्सी क्वाटरफाइनल प्रवेश गरेको छ ।

दोस्रो लेगमा बुराक यिलमाजको गोलबाट लिलले पहिले अग्रता लिएको थियो । तर क्रिस्टियन पुलिसिक र सेजार एज्पिल्कुएटाले गोल गर्दै चेल्सीलाई जित दिलाए ।

युभेन्टस्

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय