+
+

जापानमा ७ रेक्टरको भूकम्प जाँदा ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १२:२७

३ चैत, काठमाडौं । उत्तर पूर्वी जापानामा बुधबार राति गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा चार जनाको ज्यान गएको छ । अरु ९० भन्दा बढी घाइते भएका छन् ।

११ वर्षअघि फुकुसिमा आणविक भट्टीमा क्षति पुग्ने गरी भूकम्प गएकै क्षेत्रमा बुधबार राति ७.३ म्याग्निच्युटको भूकम्प गएको थियो ।

भूकम्पको धक्काले राजधानी टोकियोका भवनसमेत हल्लिएका थिए । टोकियोमा ७ लाख घरमा र अन्यत्र १ लाख ५६ हजार घरमा विद्युत् अवरुद्ध भएको थियो । जसमध्येका अधिकांश घरमा अहिले विद्युत् सेवा पुनः सुरु भइसकेको छ ।

भूकम्प लगत्तै उत्तर पूर्वी तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको भए पनि पछि त्यसलाई फिर्ता लिइएको थियो ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?