+
+

कच्चा तेलको मूल्यमा भारी गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १६:४६

३ चैत, काठमाडौं । रुस–युक्रेन युद्धका कारण आकासिएको कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार पछिल्लो एकसाता यता ब्रेन्ट कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।

२३ फागुनमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० डलर पुगेको थियो । ट्रेन्डिङ इकोनोमीकाअनुसार यो मूल्य  १४ वर्षयताकै उच्च थियो । त्यसयता निरन्तर जसो कच्चा तेलको मूल्य ओरोलो लोगेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९.१३ डलर रहेको छ । २३ फागुनको तुलनामा बिहीबार कच्चा तेलको प्रतिब्यारेल मूल्य ३०.८७ डलरले घटेको हो ।

युक्रेनमा रुसले युद्ध घोषणा गरेपछि कच्चा तेलको मूल्य बढ्न सुरु भएको थियो । युद्ध घोषणा भएको दिन (२५ फेब्रुअरी) प्रतिब्यारेल ९५ डलर थियो । बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारेल ९४.६७ डलर कायम भएको थियो । जुन मूल्य २८ फेब्रुअरी (१६ फागुन ) मा कायम भएको मूल्यको हाराहारी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?