+
+

ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा घाइते वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १७:१७

३ चैत, वीरगञ्ज । बारामा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा घाइते भएका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– १७ ब्रम्हपुरी टोल बस्ने धुरी साह कानुको मृत्यु भएको हो ।

२५ फागुनमा राति सवा ९ बजे घरमा खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिक भई आगलागी भएको थियो । आगलागीमा परी कानुको शरीरको छातिमुनिको ६० प्रतिशत भाग जलेको थियो । नेशनल मेडिकल कलेज वीरगञ्जमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो ।

उपचारको क्रममा गएराति १२:१० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

आगलागीबाट मृतकको नातिनी ३ वर्षीया सुप्रिया साहको पनि घुँडा भन्दा मुनिको भाग जलेको लियो । कलैया अस्पतालमा उपचारपछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?