+
+

संवैधानिक नियुक्तिको सुनुवाइ : ओमप्रकाश अर्यालले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १२:५१

४ चैत, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति गरेका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको मुद्दामाथि संवैधानिक इजलासमा बहस भइरहेको छ ।

बहसमा भाग लिँदै अधिवक्ता ओमप्रकाश अर्यालले रिटमाथिको सुनुवाइ अघि बढ्नु पर्ने माग गरेका छन् ।१७ भदौ २०७८ मा न्यायाधीश हरि फुयाँलले जारी गरेको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दाको सुनुवाइमा अवरोध गरेको भन्दै अर्यालले संवैधानिक इजलासले त्यो अवरोध खुलाउनु पर्ने बताए । अवरोध नखुलेमा न्यायिक अराजकता हुने टिप्पणी पनि अधिवक्ता अर्यालले गरे ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले १७ भदौ २०७८ मा रेग्मीको रिट निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो । यो आदेशले न्यायमा अवरोध गरेको अर्यालले बताए । उनले न्यायमा अवरोध गर्नेमाथि न्यायिक टिप्पणीसहितको आदेशको माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?