+
+
Shares

ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिसविरुद्ध परेको रिट खारेज

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते ७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले निवर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिस विरुद्ध परेको रिट निवेदन खारेज गरेको छ।
  • अधिवक्ता मनिषकुमार श्रेष्ठ र बासु खड्काले दायर गरेको रिट निवेदन संवैधानिक इजलासले खारेज गरेको हो।
  • राष्ट्रपति कार्यालयले रिट निवेदनलाई आधार मान्दै अर्यालको नियुक्ति रोक्दै आएको थियो । साथै राष्ट्रपति रामचन्द्र पौडेलमाथि छोरीलाई सदस्य बनाउन रुचि देखाएको आरोप लागेको थियो।

२६ चैत, काठमाडौं । निवर्तमान गृहमन्त्री एवं अधिवक्ता ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिस विरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतबाट खारेज भएको छ ।

अधिवक्ता मनिषकुमार श्रेष्ठ र बासु खड्काले दायर गरेको रिट निवेदन बुधबारको सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको हो ।

कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरु कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीको इजलासले प्रारम्भिक सुनुवाइपछि नै निवेदन खारेज गरेको हो ।

१ चैतको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्यमा तत्कालीन गृहमन्त्री अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । तर राष्ट्रपति कार्यालयले अदालतमा पेश भएको रिट निवेदनलाई पनि आधार मान्दै नियुक्ति रोक्दै आएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलमाथि छोरीलाई राष्ट्रिय सभा सदस्य बनाउने रुचि भएकाले अर्यालको नियुक्ति रोकेको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?