+
+
Shares

जाँदाजाँदै गृहमन्त्री अर्यालले भने : सामूहिक नेतृत्वको प्रयासले सफल भयौं

मन्त्रालयबाट बिदा हुने क्रममा बुधबार आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्दै अर्यालले सामूहिक नेतृत्वको प्रयासबाट तोकिएका जिम्मेवारी पूरा गर्न मन्त्रालय सफल भएको बताएका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओम प्रकाश अर्यालले सामूहिक नेतृत्वअनुसार काम गर्दा मन्त्रालयले ठूलो संकटबाट बाहिर निस्कन सफल भएको बताएका छन्।
  • अर्यालले शान्ति सुरक्षाको सामान्यीकरण, सुशासन र निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सफलतापूर्वक पूरा भएको उल्लेख गर्नुभयो।
  • उनले मन्त्रालयका कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई धन्यवाद दिँदै गलत भास्यलाई चिरेर काम गर्नुपर्ने चुनौती औंल्याउनुभयो।

१२ चैत, काठमाडौं । सामूहिक नेतृत्वअनुसार काम गर्दा सफल हुने गृहमन्त्री ओम प्रकाश अर्यालले बताएका छन् । मन्त्रालयबाट बिदा हुने क्रममा बुधबार आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्दै अर्यालले सामूहिक नेतृत्वको प्रयासबाट तोकिएका जिम्मेवारी पूरा गर्न मन्त्रालय सफल भएको बताएका हुन् ।

‘सामूहिक नेतृत्वको प्रयासबाट काम नभएको भए यति ठूलो संकटबाट यत्तिकै बाहिर निसक्न सक्दैना थियौं,’ मन्त्री अर्यालले भने, ‘व्यवसायिकतालाई केन्द्रमा राखेर काम गर्दा कुनै पनि चुनौतीलाई सहज रुपमा सम्बोधन गर्न सकिने रहेछ भन्ने महसुस मैल गरेको छु ।’

हरेकले आफ्नो कार्यक्षमता र सिर्जनशीलता देखाएर काम गरेको भन्दै मन्त्रालयका सचिव, विभिन्न शाखा, महाशाखामा आबद्ध कर्मचारी, सचिवालयका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरुलाई उनले धन्यवाद दिए ।

कतिपय अवस्थामा सत्य एउटा हुने तर भास्य अर्को बन्दा मनोबल खस्कने हुँदा त्यस्ता गलत भास्यलाई चिरेर काम गर्नुपर्ने चुनौती रहेको पनि औंल्याए ।

मन्त्रालय सम्हाल्दा मुख्यगरी आफ्ना तीन कार्यभार रहेको बताउँदै उनले भने, ‘शान्ति सुरक्षाको सामान्यीकरण, सुशासन र निर्वाचन सम्पन्न गराउने मुख्य जिम्मेवारी थियो । यसमा सबैको साथ सहयोग रहेकाले सम्भव भयो ।’

शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएकोमा पनि उनले सबै पक्षलाई धन्यवाद दिए । यसबाट सुरक्षाकर्मीको मनोबल खस्किएको छैन भन्ने पुष्टि भएको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?