+
+
Shares

गृहमन्त्री अर्यालद्वारा निर्वाचन समीक्षासहित धन्यवाद ज्ञापन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न भएकोमा सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।
  • गृहसचिव राजकुमार श्रेष्‍ठले निर्वाचनमा सबैले व्यावसायिक निष्‍ठा कायम गरी जिम्मेवारी पूरा गरेको र अन्तराष्ट्रिय पर्यवेक्षकबाट प्रशंसा प्राप्त गरेको बताए।
  • प्रदेश कमाण्ड पोष्‍ट र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले निर्वाचन सुरक्षा व्यवस्थापनमा गरिएको तयारी र गृहमन्त्री अर्यालको नेतृत्वको प्रशंसा गरेका छन्।

२७ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय सुरक्षा समिति,  प्रदेश कमाण्ड पोष्‍ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

गृहसचिव राजकुमार श्रेष्‍ठ, चार वटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै केन्द्रीय सुरक्षा समिति, प्रदेशको प्रमुख सचिव संयोजक रहने सातै प्रदेशका प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा प्रमुख जिल्ला अधिकारी संयोजक रहने ७७ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई मन्त्री अर्यालले रक्तपातविहिन ऐतिहासिक निर्वाचन सम्पन्न गर्न आ–आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

निर्वाचन पश्चात संविधानले सहि बाटो समातेको र राजनैतिक सुशासनको जग बसालिएको बताउँदै मन्त्री अर्यालले यस ऐतिहासिक उपलब्धीको हिस्सेदार केन्द्रमा रहेर काम गर्ने देखि फिल्डमा खटिनेसम्म सबै तह र तप्कामा रहेका कर्मचारी रहेको बताउँदै सामूहिक र साझा प्रयासबाट मात्र यस ऐतिहासिक उपलब्धि हासिल गर्न सम्भव भएको बताए ।

गृहसचिव राजकुमार श्रेष्‍ठले सबैले आ–आफ्नो व्यावसायिक निष्‍ठा कायम गरी असल नियतका साथ फिल्डमा निष्पक्ष भै जिम्मेवारी पूरा गरेकाले अन्तराष्ट्रिय पर्यवेक्षकबाट समेत उच्च प्रशंसा प्राप्त गर्न सफल भएको पनि बताए ।

भर्चुअल बैठकमा सहभागी प्रदेश कमाण्ड पोष्‍टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले निर्वाचन सुरक्षा व्यवस्थापनमा गरीएको तयारीबारे आ–आफ्नो क्षेत्रको अनुभव सुनाउनुको साथै विगत तिस वर्षको अवधिमा भएका निर्वाचनभन्दा स्वच्छ, निष्पक्ष, भयरहीत र त्रुटीरहित एकैसमयमा एकैपटक निर्वाचन भएकोले ऐतिहासिक उपलब्धि हासिल गरीएको बताउँदै यस सफलतामा गृहमन्त्री अर्यालको कुशल नेतृत्वदायी भूमीका र अभिभावकत्वको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?