+
+
Shares

अब मजबुत सरकार बन्दै छ, जेनजीका माग पूरा गर्नुपर्छ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले अब नयाँ जनादेश प्राप्त मजबुद सरकार बन्ने भएकाले जेनजीका माग सोही सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले अब नयाँ जनादेश प्राप्त मजबुद सरकार बन्ने भएकाले जेनजीका माग सोही सरकारले पूरा गर्नुपर्ने बताए।
  • अर्यालले आफूहरु सडकमा रहेकाले सरकारबाट बाहिरिएपछि पनि सडकमै रहेर निरन्तर खबरदारी गर्ने बताए।
  • जेनजी आन्दोलनका क्रममा भएको दमनको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि त्यसको कार्यान्वयन सरकारले थाल्ने अर्यालले उल्लेख गरे।

२३ फागुन, काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले अब नयाँ जनादेश प्राप्त मजबुद सरकार बन्ने भएकाले जेनजीका माग सोही सरकारले पूरा गर्नुपर्ने बताएका छन् । अब आउने सरकारले माग पूरा नगरे खबरदारी गर्ने उनको भनाइ छ ।

आफूहरु हिजो पनि सडकमा रहेकाले अब सरकारबाट बाहिरिएपछि पनि सडकमै रहने भएकाले निरन्तर खबरदारी गर्ने उनले बताए ।

‘हामी हिजो पनि सडकमा थियौँ । बीचमा परिस्थितीले कोही सरकारमा भयौँ, कोही बाहिरै रह्यौँ । जो अहिले सरकारमा छौँ, पछि फर्कने भनेको सडकमै हो,’ अर्यालले भने, ‘सडकबाट हामी सरकारलाई सहयोग पनि गर्छौँ र खबरदारी पनि गर्छौँ ।’

जेनजीले सुशासन, भ्रष्टाचार अन्त्य, र सुदृढ सेवा प्रवाहका लागि आन्दोलन गरेकाले अब त्यो छिटै संस्थागन हुने विश्वास अर्यालले गरे ।

सँगसँगै जेनजी आन्दोलनका क्रममा भएको दमनको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि त्यसको कार्यान्वयनको थालनी सरकारले थाल्ने अर्यालले बताए ।

‘अब जेनजी आन्दोलनका क्रममा भएको दमनको प्रतिवेदन जाँचबुझ आयोगले छिटै नै दिँदै छ । यो सरकारले पनि त्यो प्रतिवेदन कार्यन्वयनको लागि सुरुवात गर्छ,’ अर्यालले भने, ‘त्यसपछि आउने सरकारले पनि त्यसको कार्यान्वयन हुने पूर्ण प्रत्याभूति दिलाउँछ भन्ने हामीलाई विश्वास लागेको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?