News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा भएको बस दुर्घटनाका घाइतेलाई छाउनीस्थित सैनिक अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
- बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् र घाइतेहरूलाई सैनिक अस्पतालमा उपचार भइरहेको छ।
- दुर्घटना मन्थलीबाट मतदान सामग्री लिएर जाँदै गरेको बस सडकबाट करिब १०० मिटर तल खसेको थियो र नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादवको मृत्यु भएको थियो।
१९ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको बस दुर्घटनाका घाइतेलाई भेटी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएका हुन् ।
रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको बस दुर्घटना हुँदा मृत्यु एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । घाइतेहरूको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
सो अवसरमा गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी आउन नदिने बताए ।
गृहमन्त्रीका साथमा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीहरू पनि अस्पताल पुगेका थिए ।
छाउनी अस्पतालका चिकित्सक नेपाली सेनाका सहायकरथी डा नम्रता महराका अनुसार घाइतेमध्ये पूजा सुनुवारको सघन उपचार कक्षा (आईसीयू) मा उपचार भइरहेको छ ।
बाँकी छ जना भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सबिना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत छन् ।
मन्थलीबाट मतदान केन्द्र कालीका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रतिक्रिया 4