+
+
Shares

गृहमन्त्रीको आह्वान- निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिनुहोस्

‘सबै प्रबन्ध मिलिसकेको छ । सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमै सम्पन्न हुनेमा म विश्वस्त छु,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १९:५०

७ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण सुरक्षा प्रबन्ध मिलिसकेको बताएका छन् । निर्वाचन सुरक्षाका सम्पूर्ण तयारीका प्रबन्ध मिलिसकेको बताउँदै गृहमन्त्री अर्यालले निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई आह्वान गरे ।

बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने कुरामा सरकार प्रस्ट रहेको पनि बताए । ‘अब ती सबै प्रबन्ध मिलिसकेको छ । सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमै सम्पन्न हुनेमा म विश्वस्त छु,’ उनले भने ।

बैठकमा तीन वटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाइँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको जानकारी दिएका थिए ।

‘जुम एप’मार्फत भएको बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?