+
+
Shares

रुस र कजाकिस्तानबीचको व्यापार ३० अर्ब डलर नजिक

प्रधानमन्त्री मिसुस्टिनले रुस र कजाकिस्तान बिचको व्यापारिक कारोबार झन्डै ३० अर्ब अमेरिकी डलर पुगेको जानकारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १९:४५

१२ चैत, काठमाडौं । रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिन र कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभबिच बिहीबार अस्तानामा भेटवार्ता भएको छ । भेटवार्तामा दुई देशबीचको व्यापारिक सम्बन्धले नयाँ उचाइ लिएको बताइएको छ ।

प्रधानमन्त्री मिसुस्टिनले रुस र कजाकिस्तान बीचको व्यापारिक कारोबार झन्डै ३० अर्ब अमेरिकी डलर पुगेको जानकारी दिएका छन् । ‘हामीले ३० अर्ब डलरको लक्ष्य निकै पछि मात्र पूरा हुने अपेक्षा गरेका थियौँ, तर हामी अहिले नै त्यसको नजिक पुगिसकेका छौँ,’ उनले भने ।

भेटका क्रममा मिसुस्टिनले कजाकिस्तानमा रुसी कम्पनीहरूको लगानी समेत झन्डै ३० अर्ब डलर पुगेको उल्लेख गर्दै कजाकिस्तानी व्यवसायीहरूलाई पनि रुसमा संयुक्त परियोजना र औद्योगिक सहकार्यमा सक्रिय हुन आग्रह गरेका छन् ।

राष्ट्रपति तोकायेभले रुसलाई कजाकिस्तानको मुख्य व्यापारिक र लगानी साझेदारको रूपमा प्रशंसा गर्दै दुई देशबीचको रणनीतिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

साथै, बिहीबारै साँझ कजाकिस्तानको सिमकेन्ट सहरमा युरेसियन इकोनोमिक युनियनका सरकार प्रमुखहरूको बैठक सुरु हुने र त्यसमा प्रधानमन्त्री मिशुस्टिन सहभागी हुने जनाइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?