+
+
Shares

होली खेल्‍ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्‍यु, एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १३:१२

४ चैत, काठमाडौं । होली खेल्‍ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्‍यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका-५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

खड्काको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहीबार साँझ ७:३५ बजे निधन भएको हो ।

यस्तै होली खेल्‍ने क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्की ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?