+
+

सरकारले साना व्यवसायीको वृत्तिविकासमा निषेधको नीति लियो : निर्माण व्यवसायी महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १८:४३

४ चैत, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले साना व्यवसायीहरुको वृत्तिविकासमा निषेधको नीति लिएको आरोप लगाएको छ ।

महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले साना निर्माण व्यवसायीहरुलाई सीमित ठेक्का लिन पाउने व्यवस्था गरेर निषेधको नीति लिएको आरोप लगाए । तर ठूला निर्माण व्यवसायीलाई हरेक विधामा ३/३ वटा र ३ अर्ब भन्दा मुनिको काममा ५ वटा ठेक्का लिन पाउने व्यवस्था गरेकोप्रति पनि महासंघको घोर आपत्ति रहेको उनको भनाइ थियो ।

अध्यक्ष सिंहले सरकारसँग सहमतिको ड्राफ्टमा ६० प्रतिशतको एउटा र ४० प्रतिशतको २ वटा भन्ने स्पष्ट आएपनि अहिले सार्वजनिक खरिद नियमावली ११ औं संशोधन राजपत्रमा प्रकाशित गर्दा ८० प्रतिशत हुँदा एउटा त्यो पनि एक अर्ब भन्दा मुनिको मात्रै बनाएर प्रकाशित गरेकोप्रति आपत्ति जनाए । उनले केही बिचौलियाहरुले एकलौटी रुपमा विकास निर्माणका ठेक्का लिएर राज्य कोषको दुरुपयोग गरिरहेको आरोप लगाए ।

महासंघले २२ बुँदे काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै हाल बजारमा निर्माण सामग्रीहरु बिटुमिन, नदीजन्य एवं फलामजन्य सामग्री र सिमेन्ट लगायतका हरेक सामानमा मूल्यवृद्धि नियन्त्रण नभएसम्म निर्माण होलिडे कायम गर्ने पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?