+
+

एमसीसीमा क्रान्तिकारी टोपलिएको भए सरकार र सभामुख पद पनि जान्थ्यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ५ गते १८:३४

५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले धेरै सोचविचार गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको स्पष्टीकरण दिएका छन् ।

शनिबार सिन्धुलीमा आयोजित पार्टी कार्यक्रममा उनले विगतमा झैं धेरे क्रान्तिकारी हुँदा प्राप्त उपलब्धि पनि गुम्ने जोखिम देखेपछि १२ बुँदे व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेको बताए ।

‘अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिनँ भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने’ प्रचण्डले भने, ‘के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ? सर्वनाश हुन लाग्यो भने जति पाइन्छ त्यति लिएर त्यहाँ टेकेर अगाडि बस्नु पो बुद्धिमानी हो ।’

प्रचण्डले अघि भने, ‘देश संकटबाट बच्यो ।’

२०६५ सालमा तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्दा गल्ती भएको भन्दै प्रचण्डले त्यो घटनाले पार्टी र देशले दुख पाएको बताए ।

‘रुक्मांगतलाई कारबाही गर्न खोज्दा दायाँपट्टि बस्ने बाबुरामले पनि गरिहाल्ने भन्ने बायाँपट्टि बस्ने बादलले पनि गरिहाल्ने भन्दा कति दु:ख पाइयो तपाईं हामी सबैले, देशले दु:ख पायो, पार्टीले पनि दु:ख पायो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?