+
+

प्राधिकरणको बक्यौता नतिरेका सात एयरलाइन्सविरुद्ध कारबाहीको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १२:३५

६ चैत, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिरेका सात एयरलाइन्सविरुद्ध कारबाहीको तयारी गरेको छ । अहिले सञ्चालनमा नरहेका तर बक्यौता फरफारक गर्न बाँकी रहेका सात कम्पनीलाई प्राधिकरणले सात दिनको समयावधि दिएर प्राधिकरणको रकम तिर्न ताकेता गरेको छ ।

ती कम्पनीमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । यी कम्पनीहरु अहिले सञ्चालनमा भने छैनन् ।

आइतबार एक सूचना निकाल्दै प्राधिकरणले यस्तो ताकेता गरेको छ । प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानुन अनुसार सञ्चालकहरुको जायजेथाबाट असुल उपर हुन सक्ने प्रावधान रहेको छ ।

यसबाहेक विमानस्थल सेवा शुल्क नियमावली अनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने गरी कारबाही हुन सक्ने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणले ती कम्पनीलाई तोकिएको अवधिमा बक्यौता नतिरेमा कालोसूचीमा समेत राख्ने भएको छ । प्राधिकरणले यी कम्पनीहरुविरुद्ध यसअघि समेत सूचना निकालेर ताकेता गरिसकेको छ ।

कुन कम्पनीको कति बक्यौता ?

  • नेकोन एयर : ४ करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ
  • शिवानी एयर : ५५ लाख ५१ हजार ५३ रुपैयाँ
  • गोरखा एयर : २० लाख ३५ हजार २९ रुपैयाँ
  • माउण्टेन एयर : ६ लाख १० हजार ८३४ रुपैयाँ
  • कस्मिक एयर : ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ
  • स्काइलाइन एयरवेज : ७ लाख ८० हजार ४०० रुपैयाँ
  • एयर काष्ठमण्डप : ७ लाख ३८ हजार ४४७ रुपैयाँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?