+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘२ नम्बरी’बाट बाहिरिइन् वर्षा राउत

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १३:३७
अभिनेत्री वर्षा राउत । फाइल तस्वीर

६ चैत, काठमाडौं । पुनः छायांकन सुरु हुन लागेको फिल्म ‘२ नम्बरी’मा अभिनेत्री वर्षा राउत नरहने भएकी छन् । निर्माताले उनको स्थानमा अर्की नायिकालाई भित्र्याउने भएको छ ।

अभिनेत्री राउतले आफूले अर्को प्रोजेक्टमा समय दिनुपर्ने र सो फिल्मको छायांकन तालिका जुधेपछि छाड्ने निर्णय गर्नुपरेको बताएकी छन् । तर प्रस्तुतकर्ता किरण नेपालीले चाहिं राउतलाई निकालिएको बताएका छन् ।

आरोप–प्रत्यारोप जे भएपनि वर्षा ‘२ नम्बरी’मा नरहने निश्चित भएको छ । ‘सोमबार बेलुकासम्म वर्षाको ठाउँमा नयाँ नायिका लिनेछौं,’ नेपालीले अनलाइनखबरसँग भने । उनका अनुसार पूजा शर्मा, उपासना सिंह ठकुरी र साम्राज्ञी राज्यलक्ष्मी शाहमध्ये एकजना अभिनेत्री फिल्ममा फाइनल हुनेछन् ।

जबर्जस्ती करणी मुद्दामा पल शाहलाई प्रहरी हिरासतमा राखिएको, अभिनेता जयनन्द लामाको निधन भएको र दुई वर्षसम्म फिल्म छायांकन नहुँदा ‘कन्टिन्युटी’मा समस्या भएको भन्दै निर्माताले पुनः छायांकन गर्ने तयारी गरेका छन् । चैत दोस्रो सातादेखि पोखरा आसपासमा फिल्मको छायांकन सुरु गर्ने तयारी छ ।

पलको ठाउँमा यसैसाता सौगात मल्ल तय भएका छन् । दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेन पनि मुख्य भूमिकामा छन् । फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि निर्माताको रुपमा रहने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?