 
																			६ चैत, काठमाडौं । एक्काइसौं शताब्दीमा पनि शिक्षित मानिसहरु धेरै बस्ने सहरी क्षेत्रमा समेत जातीय विभेद कायमै रहेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपालको संविधानले जातीय विभेद तथा छुवाछूतलाई अपराध मानेको भएपनि कार्यान्वयन पक्ष फितलो हुँदा जातीय विभेदका घटना बढेको उनीहरुले बताए ।
५७ औं अन्तर्राष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवसका अवसरमा जागरण मिडिया सेन्टरले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अनुसन्धानकर्ता तथा पत्रकार लक्ष्मण दर्नालले २०७७ कात्तिकदेखि २०७८ असोज दलित समुदायमाथि भएका घटनाका विषयमा जानकारी गराए ।
यस अवधिमा जातीय भेदभाव तथा छुवाछूतका कारण १८ जनाको हत्या भएको जनाइएको छ । यस्तै ११७ वटा जातीय विभेदका घटना प्रहरीमा दर्ता भएको उनले बताए ।
समता फाउन्डेसनको अध्ययनअनुसार जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी ३१ घटनामध्ये १२ वटा घटना कानुनी पहलविना टुंगिएको छ भने १४ घटना मिलापत्रमा टुंगिएका छन् ।
सोमबार ‘नेपालमा सबै प्रकारका जातीय भेदभाव र छुवाछूत अन्त्य गरौं, राज्यको सबै तहमा समानुपातिक प्रतिनिधित्वको कार्यान्वयन गरौं’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागेकी गर्ने सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले बताइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4