+
+

पाल्पाको कुमाल बस्तीमा खानेपानीको समस्या

रासस रासस
२०७८ चैत ७ गते १२:५५
प्रतीकात्मक तस्वीर

७ चैत, पाल्पा । ‘एक घर एक धारा’को नीति कार्यान्वयन नहुँदा रैनादेवी छहरा गाउँपालिका-३, छचुवाको कुमाल बस्तीमा खानेपानीको समस्या कायमै छ । यहाँ ११० परिवार कुमाल जातिको बसोबास छ । खानेपानीको धारा जडान नहुँदा पानी बोकेर खानुपर्ने समस्या छ ।

कुमाल बस्तीको तल्लो भागमा मुहानबाट चौबिसैघण्टा पानी बगिरहेको छ । पानीको व्यवस्थापन गर्न हम्मेहम्मे हुने गरेको स्थानीय शर्मिला कुमाल बताउँछिन् । अध्ययन गर्ने बालबालिकाले अधिकांश समय पानीकै लागि समय खर्चिनुपरेको छ । ‘पढाइ गर्न समयै नै हुँदैन,’ उनले भनिन् । उनीहरुलाई डोकोमा पानी बोक्नुपर्ने बाध्यता छ ।

मुहानबाट बगेको पानी व्यवस्थित गरी अस्थायी धारा निर्माण गरिएको छ । अस्थायी धाराबाटै स्थानीय बासिन्दाले काम चलाएका छन् । कुवाको पानी ग्रागीमा बोकेर लैजाँदा आधा घण्टा जति समय खर्च गर्नुपर्ने बाध्यता अझै नहटेको स्थानीय बैंकाले कुमालले बताए ।

लिफ्ट प्रणालीबाट खानेपानीको वितरणको व्यवस्था गर्नुपर्ने स्थानीयबासीको माग छ । २०५४ सालमा कुमाल बस्तीमा खानेपानीको धारा जडान गरिएको थियो । टोलटोलका धारा विस्थापित भएपछि बस्तीमा खानेपानीको असुविधा भएको हो ।

प्रदेश सरकारको १० लाख रुपैयाँ सहयोगमा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण र पाइप खरिद कार्य सम्पन्न भएको वडाध्यक्ष लालबहादुर दर्लामीले बताए । एक घर एक धारा जडानका लागि काम अन्तिम तयारीमा रहेको उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?