+
+

एमाले बैठकमा घनश्याम भूसालले राखे कम्युनिस्ट एकताको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १५:२५

६ चैत, काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो कमिटीको बैठकमा घनश्याम भूसालले कम्युनिष्ट पार्टीहरुबीच एकताको प्रस्ताव राखेका छन् । सोमबार सुरु भएको बैठकमा भूसालले तीन कारणले कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यकता रहेको उल्लेख गरेका छन् ।

एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरुबीच वैचारिक तथा सैद्धान्तिक कारण नभएको र आगामी निर्वाचनमा वामन्थी जित सुनिश्चित गर्न पार्टी एकता आवश्यक रहेको भूसालले प्रस्ताव गरेका छन् ।

कम्युनिष्ट पार्टीका बहुसंख्यक सदस्य र कार्यकर्ता एकताकै पक्षमा रहेको भूसालले तर्क गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?