
७ चैत, कामाडौं । सरकारले नेपाल प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको छ । यससँगै तल्लो तहका २१ हजार प्रहरीको बढुवा गर्न बाटो खुलेको छ ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको हो ।
सरकारले मनोवल बढाउन भन्दै नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपेको थियो । तर नियमावलीअनुसार यो पदमा बढुवा गर्न एक वर्षको कार्यसम्पादन मूल्यांकन हेर्नुपर्ने थियो । अर्थात कम्तिमा थपिएका पदमा बढुवा गर्न मिलेन ।
त्यसलाई सम्बोधन गर्न सरकारले प्रहरी नियमावलीमै संशोधन गर्ने निर्णय गरेको हो । एक पटकका लागि जेष्ठताका आधारमा बढुवा गर्ने गरी नियमावलीमा संशोधन गरिएको गृहमन्त्रालय स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4