+
+

बेलायतको रजत खोसिँदा चीनलाई एथलेटिक्समा पहिलो ओलम्पिक पदक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १३:०३

८ चैत, काठमाडौं । ब्रिटेनका खेलाडी डोपिङ परीक्षणमा असफल भएपछि टोकियो ओलम्पिक रजत खोसिँदा चीनले पहिलोपल्ट एथलेटिक्समा ओलम्पिक पदक हासिल गरेको छ ।

टोकियो ओलम्पिक र विश्व एथलेटिक्सले सोमबार आफ्नो वेवसाइटमा चार गुणा सय मिटर दौडको पदक विजेताको सूची अपडेट गर्दै चीनले कांस्य पदक जितेको जनाएको छ । चीनले एथलेटिक्स खेलबाट ओलम्पिक पदक जितेको यो पहिलो हो ।

यो स्पर्धामा इटलीले स्वर्ण जितेको थियो । कांस्य जितेको क्यानडालाई रजत दिइएको छ भने चौथो भएको चीनलाई कांस्य पदक दिइएको हो । चीनका विङटाइन सू, झेङये सी, झिक्वीयाङ उ र सिङकियाङ ताङको टिम चीनका लागि एथलेटिक्समा ऐतिहासिक कांस्य पदक विजेता बनेको छ ।

यो कांस्यसहित टोकियो ओलम्पिकमा चीनको पदक तालिकामा पनि सुधार भएको छ । ३८ स्वर्ण, ३२ रजत र १९ कांस्य गरी चीनले जितेको पदक संख्या ८९ पुगेको छ । अघिल्लो महिना बेलायती स्प्रिन्टर सीजे उजाहले एन्टी डोपिङ नियम उल्लंघन गरेको प्रमाणित भएपछि बेलायतको पदक खोसिएको थियो ।

अगष्ट ६ मा ब्रिटेनले रजत जितेलगत्तै उनको परीक्षण गरिएको थियो । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)को चरणवद्ध परीक्षणपछि फेब्रुअरी १८ मा उनले शरीरको मांसपेशी बलियो पार्ने ओस्टारिन र एस–२३ नामक प्रतिवन्धित औषधि सेवन गरेको प्रमाणित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?