+
+
नीतिकथा :

शर्फराज 

रमेश ढकाल रमेश ढकाल
२०७८ चैत ८ गते १७:५२

शर्फराज आफ्नो हाकिमसँग तलब बढाउने विषयमा कुरा गर्न चाहेर पनि कुरा गर्न सकिरहेका हुँदैनन् । तर जुन जिम्मेवारी सम्हालेर उनले काम गरिराखेका थिए, त्यो हिसाबले आफूले ‘इन्क्रिमेन्ट’ (तलब वृद्धि) पाउनुपर्ने कुरामा भने दृढ थिए । केवल हाकिमसँग आफ्नो कुरा राख्न भने उनी हिच्किचाइरहेका थिए ।

यस्तैमा एकदिन बिहान अफिस जान तयार हुँदै गर्दा उनी श्रीमतीसँग भन्छन्, ‘हेर आज जस्तोसुकै अवस्थामा पनि म हाकिमसँग मेरो तलब बढाउने बारेमा कुरा गरेरै छाड्छु ।’ उनी यही प्रतिबद्धतासहित घरबाट निस्कन्छन् ।

खैर, हाकिमसँग जसरी पनि कुरा गर्ने भन्ने दृढ इच्छा भएर पनि अफिसको समय सकिन लागिसकेको थियो । तर आज पनि उनले हाकिमसँग आफ्नो कुरा राख्न सकिरहेका हुँदैनन् ।

उठेर जाँदै गर्दा उनले लगाएको एप्रोनको पकेटबाट थाहा नपाई अर्को एउटा कार्ड भुईंमा खस्छ ।

सो दिन एउटा नयाँ कामको विषयलाई लिएर केही सम्झाउने उद्देश्य राखेर हाकिम स्वयं कार्यालयको अन्तिम समयतिर शर्फराजको कक्षमा पस्छन् । केही निर्देशन दिएर फर्कनै लागेका हुन्छन् ।

यसै मौकामा शर्फराजले पनि हिम्मत जुटाएर हाकिमलाई आफ्नो तलब वृद्धिका लागि अनुरोध गर्छन् । हुन पनि अचम्मै भयो । उनको एक अनुरोधमै हाकिमले चालु महिनाबाट नै उनको तलब बढाइदिने वचन दिन्छन् ।

अतः शर्फराज त्यो दिन आफ्नो उद्देश्यमा सफल भएसँगै अत्यन्त प्रसन्न मुद्रामा घर पुग्छन् । देख्छन्, श्रीमतीले घरमा शर्फराजलाई अत्यधिक मनपर्ने विशेष प्रकारका व्यञ्जनहरू तयार गर्दै गरेकी हुन्छिन् ।

डिनर टेबल पनि सुन्दर मैनबत्तीहरू राखेर विशेष प्रकारले सजाएकी हुन्छिन् । मानौं कुनै ठूलो उत्सवको तयारी भएको छ ।

यो सब देखेर शर्फराजलाई लाग्छ, सायद अफिसबाट कसैले फोन गरेर मेरो तलब वृद्धिको बारेमा उनलाई बताइदिएको हुनसक्छ ।

खैर, आज शर्फराजको खुसीको कुनै सीमै थिएन, उनले किचनमा पसेर श्रीमतीलाई खुसीले अंकमाल गर्दै ‘गुड न्युज’ सुनाउँछन् । श्रीमतीले पनि पूरा रोमान्टिक भावमा शर्फराजको हात समाएर सजाएर राखिएको डिनर टेबलको नजिकै बसाउँछिन् ।

डिनर टेबुलमा एउटा कार्ड राखिएको हुन्छ, जसमा लेखिएको हुन्छ– ‘बधाई छ प्रिय !’

उनले शर्फराजलाई भनिन्, ‘मलाई थाहा थियो आज तपाईंले पक्का पनि ‘इन्क्रिमेन्ट’ पाउनु हुनेछ । आजको यो विशेष प्रबन्ध तथा सजावट सबै तपाईंका लागि । तपाईंको आजको सफलताका लागि । र, सबैभन्दा धेरै त एक अर्काप्रतिको हाम्रो अपार प्रेम र विश्वासका लागि ।’

यस्ता कुरा गरेर केही समयका लागि दुवै जना भावुक बन्छन् । दुवै जनाका आँखामा खुसीका आँसु टप्किन्छन् । त्यसपछि उनले एकपछि अर्को गर्दै सबै खानाका परिकारहरू आफ्नो पतिलाई ‘सर्भ’ गर्छिन् । र, अन्त्यमा उनी त्यहाँबाट उठेर भान्साकोठामा डिजर्ट ल्याउनका लागि जान्छिन् ।

उठेर जाँदै गर्दा उनले लगाएको एप्रोनको पकेटबाट उनले थाहा नपाई अर्को एउटा कार्ड भुईंमा खस्छ ।

शर्फराजले त्यो कार्ड उठाउँछन् । जसमा लेखिएको हुन्छ, ‘चिन्ता नगर्नुहोस् प्रिय, तपाईंले आज इन्क्रिमेन्ट पाउनु भएन त के भयो । तपाईं इन्क्रिमेन्ट पाउनयोग्य हुनुहुन्छ । आज नभए भोलि कुनै दिन तपाईंको मेहनतको कदर पक्का पनि हुनेछ र तपाईंले अवश्य पनि इन्क्रिमेन्ट पाउनु हुनेछ । आज यो विशेष प्रबन्ध तथा सजावट सबै तपाईंका लागि । एउटा कुरा याद गर्नुहोला, जुनसुकै अवस्थामा पनि म तपाईंलाई सधैं यत्तिकै माया गरिरहने छु ।’

कथाको स्रोतः आध्यात्मिक प्रवचन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?