+
+

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्यो 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १८:१२
Photo Credit : REUTERS

८ चैत, काठमाडौं । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य केही घटेको छ । अमेरिकाको केन्द्रीय बैंक फेडलर रिजर्भका प्रमुखले मुद्रास्फीतिसँग जुध्न कडा कदम चाल्ने बताएपछि यसको असर सुनमा समेत पर्न थालेको हो ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ०.४ प्रतिशतले घटेर प्रति ओन्स एक हजार ९२८ डलर ३० सेन्टमा कारोबार भएको रोइटर्स समाचार माध्यमले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य समेत ०.४ प्रतिशतले घटेर प्रति ओन्स २५.०९ डलर पुगेको छ ।

युक्रेनमा रुसले हमला गरेपछि तेल, सुन र डलरको भाउ आकाशिएको थियो । पछिल्लो समय तेलको भाउमा समेत भारी गिरावट हुन थालेको छ ।

यसै क्रममा मंगलबार सुनको मूल्य केही घटेको हो । तर रुस-युक्रेन युद्धका क्रममा विकसित हुने घटनाक्रमले आगामी भाउलाई निर्धारण गर्ने विश्लेषण हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?