+
+

जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन नगरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १८:०९

८ चैत, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनयन नगरिने भएको छ ।

नर्वेस्थित नोबेल इन्स्टिच्युटले जनवरी ३१ मा नै मनोनयन मिति समाप्त भएका कारण जेलेन्स्कीलाई शान्ति पुरस्कारका लागि यो वर्ष मनोनयन गर्न नसकिने बताएको हो । ‘नोबेल कमिटीले शान्ति पुरस्कारका लागि मनोनयन मिति थप्न सक्दैन’, इन्स्टिच्युटका निर्देशक ओलाभ नोजोल्टाडले भने ।

केही दिनअघि विभिन्न युरोपेली मुलुकका राजनीतिज्ञहरूको एक समूहले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र त्यहाँका नागरिकलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न आग्रह गरेका थिए ।

युरोपेली मुलुकका ३६ जना राजनीतिज्ञहरूले एउटा खुला पत्रमार्फत् उक्त पुरस्कारका लागि जेलेन्स्की र युक्रेनका नागरिकलाई मनोनयन गर्न आग्रह गरेका हुन् । पत्रमा हस्ताक्षर गर्ने राजनीतिज्ञमा नेदरल्याण्ड, बेलायत, जर्मनी, स्विडेन, इस्टोनिया, बुल्गेरिया, रोमानिया र स्लोभाकियाका छन् ।

‘रुसी महासंघले गरेको युद्धको प्रतिकार गर्ने क्रममा हामीले युक्रेनका नागरिकको साहस देखेका छौं । युक्रेनका बहादुर महिला एवं पुरुषले लोकतन्त्र एवं स्वशासन बचाउन लडिरहेका छन्’, पत्रमा भनिएको छ, ‘युक्रेनका सबै मानिस जुटेर अधिनायकवादी फौजको प्रतिरोध गरिरहेका छन् । विश्व युक्रेनका नागरिकको पक्षमा छ भनेर देखाउने समय आएको हाम्रो विश्वास रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?