+
+

गुल्मीका मिर्गौला पीडित अनन्तबहादुरको याचना : मलाई बचाइदिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते ६:४८

९ चैत, गुल्मी । उपचारका लागि अस्पताल भर्ना भएका मिर्गौला पीडितले आफूलाई बचााइदिन सहयोगको याचना गरेका छन् ।

रेसुङ्गा नगरपालिका वडानम्बर-५ निवासी ३५ वर्षका मिर्गौला पीडित अनन्तबहादुर खत्रीले सहयोगको याचना गरेका हुन् ।

आर्थिक अभावमा उनको उपचार गर्न समस्या भएपछि अनन्तबहादुर र उनको परिवारले आफन्तहरूलगायत सम्पूर्णमा सक्दो सहयोगको अपिल गरेका छन् ।

दुईवटै मिर्गौलाले काम गर्न छोडेपछि थलिएका खत्री विगत दुई महिनादेखि अस्पतालमा उपचारत छन् । मिर्गौला पीडित खत्रीकोे आर्थिक अवस्था दयनीय भएको र उपचार खर्च महँगो भएका कारण थप उपचारको लागि समस्या परेको हो ।

मिर्गौला पीडित खत्रीसँग उनकी पत्नी र ३ जना नाबालक छोरा आश्रति छन् । कमाउने र परिवारको भविष्य सुनिश्चित गर्ने बेलामा रोगले च्यापेपछि उनी अस्पतालको शय्यामा लडिरहेका छन् ।

उनको भैरहवामा उपचार भइरहेको छ । गाडी चलाएर घरव्यवहार चलाउँदै आएका अनन्तबहादुरको एक्कसी बिरामी परेपछि अस्पताल पुगेका थिए । जाँचका क्रममा दुवै मिर्गौला खराब भएको पाइएको हो ।

चिकित्सकले उनको नयाँ जीवनका लागि मिर्गाैला प्रत्यारोपण नै गर्नुपर्ने सुझाव दिएपछि उनको परिवार अहिल आर्थिक खोजीमा भौतारिरहेको छ ।

स्वास्थ्यमा थप जटिलता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पीडितले सहयोगको लागि हारगुहार गरेका हुन् । उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ ।

उनलाई सहयोग गर्नेहरुका लागि श्रीमतीको खातानम्बर बिष्णुकला बस्नेत खत्रीको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ०१५००७००४९७७८००००००१ जम्मा गरिदिन आग्रह गरेका छन् । सम्पर्क गर्नेहरूका लागि मोवाइल नम्बरमा ९८४९१११४४१ गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?