+
+

सहरी विकास मन्त्रालयको बजेट सिलिङ ४५ अर्ब

पुनर्निर्माणतर्फको बजेट थोरै भएको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते ९:२९

९ चैत, काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय योजना आयोगले मन्त्रालयका लागि ४५ अर्बको बजेट सिलिङ तोकिदिएको हो ।

चालुतर्फ ३९ अर्ब र पुनर्निर्माणतर्फ ६ अर्ब बजेट सिलिङ तोकिएको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले जानकारी दिए । पुर्निर्माण तर्फको बजेट कम भएको भन्दै मन्त्रालयले सिलिङ बढाउन योजना आयोगलाई पत्राचार गर्ने तयारी गरेको छ । मन्त्रालयले पुनर्निर्माणमा झण्डै १२ अर्ब आवश्यक रहेको बताउँदै आएको छ ।

चालु आर्थिक वर्षका लागि गत वर्ष सहरी विकास मन्त्रालयले ३१ अर्बको बजेट सिलिङ पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?