+
+

नेतृत्व इमान्दार भए राजनीति शुद्ध हुन्छ : राप्रपा अध्यक्ष लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते ११:१४

९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व इमान्दार भइदिए पनि राजनीति शुद्ध हुने र जनविश्वास बढ्ने बताएका छन् । नेतृत्वको रुपमा आफूले त्यस प्रकारको संकल्प लिएको पनि उनले सुनाए ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा कृषि क्षेत्रमा माटो विज्ञको रूपमा लामो समय काम गरेका पूर्व डिन लमजुङका प्रा.डा. केशवराज अधिकारी, वन विभागबाट सेवा निवृत्त भएका चितवनका वन विज्ञ बलराम पौडेल, सिभिल इन्जिनियरबाट सेवा निवृत्त भइ वातावरण संरक्षण क्षेत्रमा काम गरिरहेका तनहुँका ठाकुर पण्डित लगायतलाई अध्यक्ष लिङ्देनले पार्टीमा स्वागत गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनीहरुलाई स्वागत गर्दै लिङ्देनले विज्ञहरुको साथ र समर्थनबाट आफू उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?