
९ चैत, दाङ । दाङमा एक जना महिलाको शव फेला परेको छ । बबई गाउँपालिका-७ राउताराकी ६५ वर्षीया गंगी कुँवरको शव घर नजिकै फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।
मृत अवस्थामा फेला परेकी कुँवरको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । कुँवरको शव देखेपछि स्थानीय वनका चौकीदारले मृतकको परिवारलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक नवीन चुदालीले घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने बताए । मृतको शव पोष्ट मार्टमको लागि तुलसीपुर लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चुदालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4