
९ चैत, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।
कपिलवस्तुकाे चन्द्राैटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयकाे उद्घाटन गर्दै उनले मुलुककाे विकासमा हातेमालाे गर्दै अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गरेका हुन् ।
मन्त्री खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेकाे पनि बताए । नागरिकले आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्न आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेकाे पनि धारणा राखे ।
गृहमन्त्री खाँणले सशस्त्र प्रहरीका अधिकृत र जवानको लामाे समयदेखि राेकिएकाे वृत्तिविकास सञ्चालन गर्ने तयारीमा सरकार रहेकाे पनि बताए । लामाे समय सशस्त्र प्रहरी बलमा सेवा गरेर अवकाश भई घर फर्किदा समाज र परिवारमा कसरी सम्मानित बनाउन सकिन्छ भन्ने विषयमा सरकारले पनि ध्यान दिइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4