+
+

‘युक्रेन संकटको मुख्य दोषी अमेरिका नै हो’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १७:३४

९ चैत, काठमाडौं । अमेरिका एक राजनीतिशास्त्रीले युक्रेन संकट र त्यसले निम्त्याएको रक्तपातपूर्ण युद्धको दोषी अमेरिकासहितका पश्चिमा मुलुक भएको बताएका छन् ।

अमेरिकाका राजनीतिशास्त्री जोन जे. मिर्शेइमरले युक्रेन संकटको मुख्य दोषी अमेरिकासहितका पश्चिमी मुलुक भएको बताएका हुन् । मिर्शेइमरले द इकोनोमिस्टमा एक आलेख प्रकाशित गर्दै यस्तो धारणा राखेका हुन् ।

‘पश्चिमा र त्यसमा पनि खासगरी अमेरिका मुख्य दोषी हुन्’, मिर्शेइमरले आफ्नो लेखमा भनेका छन् । अमेरिकी युरोपेली नीति-निर्माताले युक्रेनलाई आफ्नो पोल्टामा पार्न खोज्दा युक्रेन संकट निम्तिएको उनको धारणा रहेको छ । संकटको जिम्मा भ्लादिमिर पुटिनले लिनुपर्ने पश्चिमी मुलुकहरूको दाबी गलत भएको पनि उनले बताए ।

‘यो कुरा पूरै गलत हो’, मिर्शेइमरले लेखेका छन् । युक्रेन संकट ‘१९६२ मा देखिएको क्युबाली मिसाइल संकटपछि कै सबैभन्दा खतरनाक अन्तर्राष्ट्रिय द्धन्द्ध रहेको’ पनि उनको तर्क छ ।

यतिबेला रुसमाथि प्रतिबन्ध लगाएका पश्चिमी मुलुकले युक्रेनलाई सैन्य सहयोग गरिरहेका छन् । पश्चिमाहरूको उक्त कदमलाई पुटिनले ‘युद्धको उद्घोष’ का रुपमा लिइसकेका छन् ।

सन् २००८ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले बुकारेस्टमा आयोजित नेटोको शिखर सम्मेलनमा युक्रेन र जर्जियालाई समेत गठबन्धनको सदस्य बनाउने बताएका थिए । त्यतिबेला देखि नै युक्रेनलाई लिएर पश्चिमा र रुसबीच मतभेद सिर्जना भएको हो ।

युक्रेनलाई नेटोको सदस्य बनाउने पश्चिमाहरूको घोषणा नै हाल जारी संकटको मूल कारण भएको पनि मिर्शेइमरको निर्ष्कर्ष छ । उनका अनुसार गत वर्षको अन्त्यमा पश्चिमा मुलुकले रुसको सुरक्षा चासोलाई बेवास्ता गर्दा नै हाल युद्ध निम्तिएको हो ।

किनभने रुसी नेताहरूले नेटोमा युक्रेन आबद्ध हुने कुरा रुसका लागि खतरा रहेको र त्यसलाई कुनै पनि हालतमा रोक्नु पर्ने ठान्छन् । पिपुल्सडट.सीएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?