
१० चैत, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक कर्मचारीलाई सेवाबाट हटाएको छ । वरिष्ठ सहायक, तह-५ मा कार्यरत दिनेश पौडेललाई सेवाबाट हटाइएको केन्द्रले जनाएको छ ।
विदा स्वीकृत नगराई लामो समयसम्म अनुपस्थित भएकाले सेवाबाट हटाइएको केन्द्रले आज जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि पौडेललाई अनुपस्थितिको कारणबारे सफाइ पेस गर्न गत माघ १७ गते सूचना जारी गरी भनिएको थियो । तर सफाइ पेस नगरेपछि भविष्यमा केन्द्रको सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4