+
+

‘कोडा’ भर्सेस ‘पावर अफ द डग’ : कसले जित्ला सोमबारको ओस्कार ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते ११:५६

काठमाडौं । नेपाली समयानुसार सोमबार बिहान हुने ओस्कार अवार्ड ‘द पावर अफ द डग’ले जित्ने अनुमान गरिएको छ । तर अमेरिकी सञ्चारमाध्यमले उत्कृष्ट फिल्म विधामा ‘कोडा’ पनि दाबेदार रहेको बताएका छन् ।

बुकमेकर्सलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार बहिरा परिवारको एक मात्र सुन्ने सदस्यको बारेमा निर्माण भएको ‘कोडा’ले पनि ओस्कार जित्न सक्छ । हलिउड रिपोर्टर म्यागजिनले त ‘कोडा’ नै उत्कृष्ट फिल्म हुने ठोकुवा गरिसकेको छ ।

सन् १९२० मा न्युजिल्यान्डको मोन्टानाको सेटिङमा निर्माण भएको ‘द पावर अफ द डग’ले यस संस्करणको ब्रिटिस फिल्म अवार्डमा उत्कृष्ट फिल्म र निर्देशनको ट्रफी उचालिसकेको छ ।

यसपटकको ओस्कारमा चाहिं यो फिल्म १२ विधामा मनोनयन भएको छ । जसमा जेन क्याम्पियन उत्कृष्ट निर्देशक र बेनेडिक्ट कम्बरब्याच अभिनेतातर्फ मनोनित छन् । ‘कोडा’ले चाहिं प्रोड्युसर गिल्ड र स्क्रिन एक्टर्ज गिल्ड अवार्डमा शीर्ष विधामा जितेको छ ।

‘एक साताअघिको दृश्य हेर्दा द पावर अफ द डगले जित्ने अनुमान थियो । गत साता प्रोड्युसर गिल्ड अफ अमेरिका अवार्ड जितेपछि कोडाले ओस्कार जित्ने अनुमान छ,’ बुकमेकरका व्यवस्थापक एलेक्स अपाटीले रोयटर्ससँग भने ।

‘महिनाको सुरुवातमा प्रतिस्पर्धाको यो अनुपात १२/१ थियो, तर अहिले चाहिं ११/१० देखिन्छ । दुईवटा बलिया घोडाहरुको दौडजस्तो,’ उनले भने । पछिल्ला चार वर्षको अनुभव हेर्दा दोस्रो रोजाइका फिल्मले मात्र ओस्कारको ट्रफी उचालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?