+
+

कांग्रेस नेतासँग ‘झगडा’ गरेका एसपीको एक वर्ष पदोन्नति रोक्का

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते २१:५१

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सिराहा जिल्ला सभापति रामचन्द्र यादवसँग विवादमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले उनको एक वर्ष पदोन्नति रोक्का गरेको हो ।

घटनाको छानविनका लागि २ नं. प्रदेश प्रहरी कार्यालयले बनाएको समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही भएर एसपी पाण्डेको निलम्बन फुकुवा भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले अनलाइनखबरलाई बताए ।

एसपी पाण्डे ८ असार २०७८ मा सिराहा प्रहरी प्रमुखका रुपमा सरुवा भएर गएका थिए । तर बीचमै फिर्ता बोलाइएको थियत्त ।

उनीनिकट स्रोतका अनुसार सभापति यादवले एक मुद्दाका दुई जना अभियुक्तलाई छाड्न दबाब दिएका थिए । सहयोग नगरेपछि आफ्नो सरुवा भएको पाण्डेले निकटस्थहरुसँग बताउने गरेका थिए ।

सरुवा भएपछि पाण्डे हतियारसहित यादवको घरमा गएर धम्क्याउने कोशिश गरेको यादव पक्षले बताएको थियो । यो विषय गृह मन्त्रालयसम्म पुगेपछि पाण्डेलाई निलम्बन गरेर छानविन थालिएको थियो ।

उनको ठाउँमा एसपी अर्जुन तिम्सिना पठाइएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?